महिला टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दै

९ भदौ,काठमाण्डौ । फाइनल खेल चार देशीय महिला टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र हङकङ खेल्दैछन् । मलेसियाको बायोमास ओभलमा बिहान पौने १२ बजे बाट शुरु हुने भयको छ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत सहभागी छन् । नेपाल हिजो घरेलु टोली मलेसियासँग पराजित भए पनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।नेपालले कुवेत र हङकङलाई हराएको थियो । हङकङ पनि मलेसियाभन्दा नेटरनरेटमा अघि रहँदै फाइनलमा पुग्यो । तेस्रो स्थानका लागि आज नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।