स्पेन महिला विश्वकप फुटबलको सेमिफाइनलमा

२६ साउन,काठमाडौं । स्पेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आजबाट सुरु भएको क्वाटरफाइनलको पहिलो खेलमा साविक उपविजेता नेदरल्याण्ड्सलाई २–१ गोलले हराउँदै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले खेलको ८१ औँ मिनेटमा पेनाल्टी मार्फत् गोल गर्दै अग्रता लिएको थियो। डिबक्समा नेदरल्याण्ड्सका खेलाडीको हातमा बल लागेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। स्पेनकी मारिनोले उत्कृष्ट गोल गर्दै स्पेनलाई अग्रता दिलाइन्। स्पेनको अग्रता भने धेरै रहन सकेन। निर्धारित ९० मिनेटमा १–० ले अगाडि रहेको स्पेनले थपिएको समयको एक मिनेटपछिनै गोल खायो। नेदरल्याण्ड्सकी स्टेफेनी भान डेरले गोल गर्दै बराबरीमा ल्याइन।