पर्यटनले मन्दिरको टर्स निर्माणका लागी बिनियोजन गरेको रकममा अनियमितता, टर्स निर्माण मै ९ लाख झ्वाम

दश लाख रुपैयाँ भनेको कुनै ठुलो रकम नभएको र सानो तिनो कार्यक्रमको फोटो हेरेर बिल पास गर्छौं : कार्यालय प्रमुख दिनेश अधिकारी

पर्यटन डिभिजन कार्यालय कोहलपुरको ब्यथिति 

 ✍️मार्सल राज सन्ज्याल

१६ साउन, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाको लोक नगरमा लक्ष्मी नारायण मन्दिर निर्माणाधिन अबस्थामा छ । विगत लामो समय देखि निर्माणाधिन लक्ष्मी नारायण मन्दिरमा नजर पर्यो पर्यटन डिभिजन कार्यालय कोहलपुरको, जसमा पर्यटन कार्यालयलाई प्राप्त हुने टुक्रे बजेटबाट आफ्ना नजिकका कार्यकर्तालाई खुसि पार्न सजिलो होस ।

लक्ष्मी नारायण मन्दिर संरक्षण तथा अन्य पुर्बाधार निर्माण शिर्षक बाट पर्यटन डिभिजन कार्यालय कोहलपुरले दश लाख रकम बिनियोजन गर्यो । जसमा भुईतला र माथिल्लो तलामा टर्स निर्माण, मन्दिर भित्र पि.सि.सि. को कार्य र चार वटा पिल्लर थप्ने भनेर उल्लेख गरीएको छ । उक्त लोक नगरमा निर्माण गरिएको लक्ष्मी नारायण मन्दिरको टर्स बनाउँदा आर्थिक हिनामिना गरिएको पाइएको छ ।

पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेले लक्ष्मी नारायण मन्दिरको निर्माण कार्यका लागि दश लाख र कोहलपुर नगरपालिका वडा नं. ११ बाट दुई लाख पचास हजार गरी बाह्र लाख पचास हजार छुट्टाएको थियो । पर्यटन डिभिजन कार्यालयले छुट्टाएको टुक्रा बजेटले मन्दिरको ट्रर्स निर्माण गर्दा दश लाख खर्च भएको भनिएता पनि निर्माण खर्चको कुनै इस्टमेट नरहेको पाईएको छ ।

पर्यटन डिभिजन कार्यालयका कार्यालय प्रमुख दिनेश अधिकारीले पर्यटन कार्यालयको लागी दश लाख रुपैयाँ भनेको कुनै ठुलो रकम नभएको बताए । सानो तिनो कार्यक्रमको फोटो हेरेर बिल पास गर्ने गरेको अधिकारीले बताए । पछिल्लो समय फोटो देखाएर, बिल मिलाएर कर्मचारी र ठेकेदारले रकम अपचलन गरेको स्थानियहरु बताउछन् । धार्मिक स्थललाई पर्यटकिय क्षेत्र बनाउने शिर्षक अनुसार खर्च गरिनु पर्ने रकम हो तर उक्त शिर्षकमै रकम अनियमितता हुदाँ खर्चको नाममा आफ्ना आसेपासेलाई पोस्न गरेको स्पष्ट देखिन्छ । उक्त खर्चमा सिधै रकम अनियमितता भएको छ ।

भुईतला र माथिल्लो तलामा टर्स निर्माणमा जस्ता पाता टिनले छाएको लक्ष्मी नारायण मन्दिरको ट्रर्सको तस्विर पर्यटन डिभिजन कार्यालय कोहलपुरमा पठाइन्छ मन्दिरको अनुगमन नगरी हाम्रो लागी सानो रकम हो भन्दै कोहलपुर नगरपालिका २ मा रहेको भुपेन्द्र निर्माण सेवा फर्मलाई नौं लाख चौबिस हजार तिन सय पाँच भ्याट सहितको रकम पर्यटन डिभिजन कार्यालयले भुक्तानी गरिसकेको छ । भुइतला र माथिल्लो तलामा टर्स निर्माण, मन्दिर भित्र पि.सि.सि.र चार वटा पिल्लर थप्ने निर्णय कार्यको विवरणमा खुलाएको छ ।

कोहलपुर नगरपालिका वडा नं ११ ले लोगनगरको लक्ष्मी नारायण मन्दिर निर्माण गर्नका लागि दुई लाख पचास हजार छुट्टाएको हो । उक्त रकमको मन्दिर भित्र पि.सि.सि. को काम भईरहेको स्थानीय बासिन्दाले बताएका छन् । मन्दिरको ट्रर्स, पि.सि.सि, पिल्लर समेतको काममा गरिदा पनि यहाँका मानिसहरूलाई जानकारी, छलफल समेत नगरी कसरी काम वडा अध्यक्ष काल्पना अधिकारीले गराउनु भएको छ भन्ने कुनै एकिन नभएको मन्दिरका पुजारी मंगरु थारुले दुखी हुदै बताए ।

मन्दिर एकैपटक निर्माण गरिएको भने हैन मन्दिर निर्माण गर्न बिगत चौध वर्ष बाट निर्माणमा अलपत्र पर्दै टुक्रा टुक्रा बजेटबाट निर्माण गर्ने काम गरिएको मन्दिरका पुजारी थारुले कोहलपुर खबरलाई जानकारी दिए । उनका अनुसार मन्दिर निर्माणका लागि स्थानीयहरु आफैले लक्ष्मी नारायण मन्दिरको थालनी गरेको केही बर्ष भइसकेपछी स्थानीय सरकार र पर्यटन डिभिजन कार्यालयले हेर्ने दृष्टिकोण फरक बन्दै गएको छ ।

केही समय मन्दिर निर्माण गर्नका लागि स्थानीय सरकार र पर्यटन डिभिजन कार्यालयले टुक्रा बजेट विनियोजन गरेता पनि मन्दिरको स्थापना कालदेखि हालसम्म ठुलो रकम नछुट्याएको र टुक्रुरा बजेटबाट प्रतेक वर्ष भ्रम सिर्जना गरी विकासको नाममा रकम अपचलन गरेको स्थानीय जनताहरुको मुख्य गुनासोको बिषय बनेको छ ।