उद्योगको एजेन्ट बन्दै जनप्रतिनिधि

१५ साउन, दाङ ।  घोराही सिमेन्ट उद्योग लिमिटेड दाङले चुन ढुङ्गा उत्खननका लागि बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ तापाखानी र रोल्पाको होलेरीदेखि अनुमति प्राप्त गरेको छ । जसको ढुवानीका लागि उद्योगले केही आफ्नै टिप्पर प्रयोग गर्दै आइरहेको छ भने व्यावसायिक साझेदारीमा स्वर्गद्धारी टिप्पर यातायात प्रा.लि. आवद्ध टिप्परहरु चुनढुङ्गा ढुवानी गर्ने काम गर्दै आइरहेको छ ।

उद्योगले यही साउन ९ गते तापा चुन ढुङ्गा खानीको ढुवानीमा गुणस्तरको अभाव देखाउदै साउन १२ गतेदेखि तापा चुनढुङ्गा खानीको चुनढुङ्गा ढुवानीमा बन्द गर्न टिप्पर समितिलाई पत्राचार गरेको थियो । उक्त पत्राचार अनुरुप समितिले ढुवानी बन्द गर्न सकेन । व्यावसायीहरुले रोल्पा होलेरी वर्षात र बाटोको समस्याका कारण ढुवानी गर्न नसकिने बताएपछि उद्योगले स्थानीय वडाका जनप्रतिनिधि प्रयोग गरी वडा सरकारले बन्द गराएको हल्ला चलाएको छ ।

अहिले बंगलाचुली गाउँपालिकामा तापा चुनढुङ्गा खानीमा संचालित टिप्परहरु गाउँपालिकाले नभई बंगलाचुली गाउँपालिका वडा नं. ४ का वडाध्यक्षले वडाले ढुवानीमा रोक लगाएको भन्ने भ्रम छर्दै हिडिरहेकाले उद्योग एजेन्टको रुपमा जनप्रतिनिधिले काम गर्दै आइरहेको बंगलाचुली गाउँपालिका स्थित एक स्थानियले बताए ।

उनले भने–‘बंगलाचुली गाउँपालिकाले टिप्पर बन्द गराएको हैन भन्ने कुरा हामिलाई थाहा छ । उद्योगले बन्द गराएर वडाले बन्द गराएको भन्दै सस्तो लोकप्रियता कमाउन खोजिएको छ । योकुरा हामिलाई राम्रो संग थाहा छ। ’ चुनढुङ्गा ढुवानी उद्योग आफैले रोके पनि अहिले स्थानीय वडाले रोक लगाएको भन्ने कुरामा जनप्रतिनिधिलाई उद्योगले प्रयोग गरी स्थानीय सरकारले रोक लगाएको आरोप लगाउने भूमिका निर्वाचित जनप्रतिनिधि नै लागेकोले उद्योगको यो काममा राजनीतिककरण जोडिएको बंगालचुली गाउँपालिका निवासी एक टिप्पर व्यवसायीले बताए ।

उनले भने– ‘ मेरो टिप्पर पनि छ । व्यवसाय पनि गर्छु । उद्योग समितिलाई पत्राचार गरी ढुवानी बन्द गराउन अनुरोध गर्यो । समितिले सकेन । स्थानीय जनप्रतिनिधि प्रयोग गरी वडालाई बन्द गराएको हल्ला चल्यो । यो कुरामा गाउँपालिका समेत बेखबर छ । वडा अध्यक्षले लोकप्रियता कमाउनका लागि गरेको नाटक भन्ने कुरा हामि व्यवसायीले बुझेका छौँ।’ घोराही सिमेन्ट उद्योगले अहिले विग्रियका सडकहरु पनि निर्माण गरीरहेको छ । सडक निर्माणको काम सम्पन्न गरी सकेपछि खानि संचालन गरिने उद्योगले जानकारी दिएको छ ।