दाङको लमहीमा करेन्ट लागेर एक जनाको मृत्यु


५ असार, दाङ । दाङको लमही नगरपालिका–३ मिलनचोककी रुपनी चौधरीको करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेसाबारीमा घाँस काट्ने क्रममा मोटरमा जडान गरिएको तारबाट करेन्ट लाग्दा उहाँको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।