पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध,


२८ असार, बैतडी । अविरल वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोका कारण गए रातिदेखि जयपृथ्वी राजमार्ग दशरथचन्द  अवरुद्ध भएको छ।

गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाड भन्ने स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध हुँदा गोठलापानीबाट झुलाघाट बजार जाने र झुलाघाटबाट छुट्ने सवारीसाधन पूर्ण रूपमा बन्द छन्।यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।

बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पहिरो पन्छाउन जेसिबी पठाइएको छ पानी पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ। पहिरो पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।