२४ असार, कोहलपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिको चौथो बार्षिक साधाराण सभा तथा तेस्रो नगर अधिबेशनको अवसर पारेर आईतबार लुम्बिनि प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।नगरपालिकाद्धारा उपलब्ध गराईएको जग्गामा भवन निर्माण भएको हो । नगर क्षेत्रभित्रका साना तथा घरेलु उद्योगीहरुको छाता संगठनका रुपमा रहेको महासंघको कोहलपुर नगरपालिका ११ प्रेमनगरमा हलसहितको एक तले भवनको उद्घाटन संगै अब उक्त भवन बाटै कार्यालय संचालन गरी सेवा प्रवाह गरीउने नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव चिन्तामणी उपाध्यायले बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनि प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले स्थानिय उत्पादनलाई प्राथामिकतामा राखी यहाँबाट उत्पादित बस्तुहरु बिदेशमा समेत निर्यात गर्न प्रदेश सरकारको भरपुर सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । साना साना उद्योगमा लगानि गर्दै जनतालाई आत्मनिर्भर बनाउने, सस्तो ब्याजदरमा ऋण लिएर साना उद्योग खोल्न प्रोत्साहन गर्ने प्रदेश सरकारको प्रदेश सरकारको लक्ष्य रहेको बताए । उनले भने अहिले प्रदेश सरकारको निति नै उद्योगलाई अगाडि बढाउने हो । ठुला ठुला उद्योगहरु भन्दा साना उद्योगहरुले नै गरीबि निबारणमा मद्धत पुग्ने उनले बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर समितीका अध्यक्ष हेम विक्रम जिसिको अध्यक्षमा आयोजित चौथो वार्षिक साधारण सभा तथा तेस्रो नगर अधिवेशनमा प्रदेश सभाका माननिय सांसदहरु दुर्गा प्रसाद चौधरी, कृष्न के.सि. नमुना, बसन्ति अधिकारी सञ्जु कुमारी थारू, नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी घरेलु महासंघका केन्द्रिय नेता लगाएत विभिन्न घरेलु तथा साना उद्योगीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघका महासचिव चिन्तामणी उपाध्यायले गरेका थिए ।
कोहलपुर खबर । २४ असार २०८०, आईतवार १९:१९