कलाकार सारुक ताम्राकार आफानै घरमा मृत भेटिए

२२ असार, काठमाण्डौ । फिल्मका कलाकार सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिएका छन् । काठमाण्डौ रातोपुलमा रहेको आफ्नै घरमा उनी राति ११ बजे मृत भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।

उनले फिल्म ‘रानी’ ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डनमा’ र ‘नमरी बाँचे’ मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायाङ्कनमा व्यस्त थिए ।सारुक पाका अभिनेता सानु ताम्राकारका छोरा हुन् । पिताको लिगेसी पछ्याउँदै उनी फिल्म अभिनयमा आइपुगेका थिए ।

ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।