१३ असार,काठमाडौं । नेपालले एसीसी यू–१६ इस्टर्न जोन कपमा थाइल्याण्डलाई २२५ रनले पराजित गरेको छ ।
मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २६९ रन बनाएको थियो। २७० रनको लक्ष्यका मैदानमा उत्रेको थाइल्याण्डले १३ ओभरमा ४४ रनमा अलआउट भएको हो।
नेपाल यो खेल जितेमा मलेसियासँगै सेमिफाइनल पुगेको छ भने थाइल्यान्ड समूह ‘ए’ को पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो।
सेमिफाइनल जुलाइ ३ तारिख र फाइनल ४ तारिखमा हुनेछ । नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा पर्सि शुक्रवार मलेसियासँग खेल्नेछ ।
कोहलपुर खबर । १३ असार २०८०, बुधबार ११:४८