६ असार ,बझाङ । आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा सुदूरपश्चिम सरकारले बुधबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।
गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।
मन्त्री सिंहका अङ्गरक्षक ३५ वर्षीय दीपक भण्डारी र गाडी चालक ३५ वर्षीय धर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको मंगलबार बेलुका बसेको बैठकले सवारी दुर्घटनामा परी निधन भएका मृतकहरूप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री पृथ्वी बहादुर सिंहको असामयिक निधनमा सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरूमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।
कोहलपुर खबर । ६ असार २०८०, बुधबार १०:५९