सम्बन्धित जिल्लाबाट अब पाँच हजार रुपैयाँमै राहदानी

२ असार, काठमाडौं । राहदानी विभागले अब देखी जिल्लाबाट लागु हुने गरी ६६ पृष्ठको राहदानी उपलब्ध गराउने भयको छ ।

जिल्ला प्रशासन कार्यालयले यसअघि १० हजार लिएर उपलब्ध गराउँदै आएको राहदानी यही असार ३ गते आइतबार देखि पाँच हजार रुपैयाँमा उपलब्ध गराउने छ ।

गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानी बराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरेको थियो । ‘

सम्बन्धित जिल्लाबाट राहदानी लिएको खण्डमा पाँच हजार र राहदानी विभागबाट लिन चाहेमा १२ हजार रुपैयाँ लाग्नेछ’ यसैगरी हराएको र बिग्रिएको राहदानीको हकमा विभागबाट लिन चाहेमा १७ हजार तथा जिल्लाबाट लिन चाहेमा १० हजार रुपैयाँ लाग्नेसमेत प्रवक्ता सापकोटाले जानकारी दिइन्।

राहदानी विभागले आज ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालय र विदेशस्थित सबै नेपाली नियोगलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी विभागका निर्देशक तथा प्रवक्ता दुरपदा सापकोटाले जानकारी दिए ।