पत्रकार महासंघ बाँकेले शुद्विकरणकाे नाममा नातावाद लाई सदस्यता र राजनितीक पक्षपाेषण गरेकाे आराेप

१ असार, कोहलपुर । पत्रकार महासंघ बाँकेले शुद्धिकरणका नाममा लामो समय कलम चलाएर बसेका अग्रज पत्रकारहरुलाई निष्कृय भन्दै अपमान गरिएको छ ।

आफ्नो हातमा डाडु-पनिउ भनिए जस्तै: आफन्त भएपछि गैर पत्रकार पनि पत्रकार भएका छन् , भाई, बैनी, बुहारी, साली,पनि पत्रकार महासंघका सदस्य हुन सक्ने रहेछन् बुझिएको छ । महिला हस्तिको रुपमा बाँकेको इतिहासमा कलम चलाउदै आएकी मुना श्रेष्ठको नाम समेत निष्कृय भनेर शुद्धिकरणको सुचिमा राखेको छ । महासंघले केहि गैर सरकारी संस्थामा काम गर्ने जान्दा जान्दै पनि बचाउ गरेर नविकरणको सुचिमा नामावलि सुचिमा सुचिकृत गरेर प्रदेशमा पठाएको पाईएको छ ।

मुना श्रेष्ठ लेख्छिन सामाजिक सञ्जालमा शुद्धिकरण बारे असुन्तुष्ट जनाउदै पत्रकार भएर पत्रकारीता गरेको हो कि होइन भनि पत्रकार र पत्रीकाको पृष्ठभुमि, इतिहास र पत्रकारिता क्षेत्रमा गरेको योगदान हेर्नुपर्छ। त्यो पत्रीकाबाट कति पत्रकारहरुले पत्रकारिता प्रारम्भ गरे त्यो पनि बुझ्नुपर्छ, रेकर्ड राख्नुपर्छ।बृद्धाबस्थामा कोहि पनि ब्यक्ति सक्रिय भएर कार्य गर्न सक्दैन। पत्रकारिता गरेर जीवन बिताएको पत्रकार र राजनितिक दलको गुणगान गाएर पत्रीकाको पाना भर्ने गरेको ब्यक्तिको मूल्याकंन गर्ने तरिका पनि फरक भएर होला सायद यस्तो निर्णय भएको।

पत्रकारितामा ब्यक्ति बिशेषले गरेको कार्यको लागि सम्मान दिनुको साटो निष्क्रिय भयो भनी साधारण सदस्यबाट पनि हटाइनुलाई पक्कै पनि स्वीकारयोक्ती मान्न सकिन्न ।शुद्धिकरणका लागि कस्ता पत्रकारलाई किन हटाइदैन छ भनी पत्रकार महासंघ स्पष्ट छ भने सदस्यता नवीकरण गर्ने सुचिमा रहेका केही ब्यक्तिहरुको नामहरुमा अझै सवाल उठाउन सकिने स्थान छ।

उनको यो स्टाटसमा महासंघकै पुर्व जिल्ला सचिव तिलक गाउलले मलाई पनि चित्त नबुझेको कुरा हो दिदि भन्दै उक्त स्टाटसको सर्मथन गरेका छन । प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराईले एउटै मापदण्डमा पनि कसैको खारेजि गरिएको छ भने कसैको कायम राखियको छ भन्दै असन्तोष प्रकट गरेका छन । उनी अस्थाई शिक्षक हुन उनको नाम शिक्षण पेशामा लागेको भनेर हटाईएको छ ।

केशव शाहि निमेषको नाम कायमै रहदा सागर गैरेको नाम शुद्धिकरणका नाममा फालिएको छ भने नरेन्द्र जंग पिटरको नाम लेखक भन्दै कायम नै गरिएको छ । स्मरण रहोस केशव शाहि निमेष र सागर गैरे दुबै ब्यबशाय गर्दै आएका छन। पछिल्लो समयमा सागर गैरे लेखन कलामा कोहलपुर क्षेत्रका सक्रिय हस्ति हुन । यसै गरि नेपाली काङग्रेसका महासमितिका अधिकांश सदस्यहरुको महासंघमा सदस्यता कायम गरेको पाईएको छ । बिशुद्ध पत्रकारीता गर्ने तर न्युनतम ज्याला नपाउने मोफसलमा वातावरण समेत नभएको अबस्थामा कतै न कतै टच भएका पत्रकारहरुलाई समेत नविकरण नगर्ने तथा नयाँ सदस्यता प्रदान नगर्ने लिस्ट निकालिएपछि लामो समय पत्रकारीता गरिरहेका पत्रकारहरु माझ बाँकेमा एक किसिमको तरंग उत्पन्न भएको छ । महासंघ बाँकेका पुर्व अध्यक्ष ठाकुरसिंह थारुले अव पत्रकार महासंघको सदस्य नहुदैमा महासंघले समाचार लेख्नेहरुको के कलमका निव भाच्न सक्छ के औंला काटन सक्छ प्रेस स्वतन्त्रताको दुहाई दिएर नथाक्ने महासंघ किन यति क्रुर र निरंकुश बन्दै गएको हो यो भबिष्यले बताउला भन्दै सामाजिक सञ्जालमा शुद्धिकरण गर्ने निकायमा बस्ने तीन जनालाई बास्तविक फेरीहिस्त समेत सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन । भने नेपालगञ्जमा प्राध्यापन गर्ने मधु पौडेलको नाम भने कायम गरिएको छ । राजनैतिक चस्माले समेत हेरीएको यसबाट पुष्टि हुने आधार तय भएको भट्टराईको दुखेसो रहेको छ ।

पत्रकारिताको आडमा धम्काएर ब्यापारीहरुसँग चन्दा असुल गर्ने, घरकै मान्छे प्रयोग गरेर दर्जनौ मान्छेको करोडौ सम्पति कुम्लयाउने,ठांउठाउ टोलटोलमा व्यापार सन्चालन गर्ने, सरकारी जग्गा कब्जा गर्ने, सुकुम्बासी बनेर जग्गा आफ्नो नाममा पास गराउने, घरका छोरा छोरी, भतिजा भतिजी, साला साली, श्रीमति सबलाई पावर लगाएर महासंघको सदस्यता कायम गर्ने,आफू र आफ्नो पार्टी निकटकाहरुले खुलेआम राजनितिमा लागे पनि सक्रिय पत्रकार नै मानिने तर लेख्नेहरुका जरा काट्ने प्रबृत्ती गलत छ शुद्धिकरण ठिक हो तर प्रक्रिया नमिलेको पत्रकार गुरुमुरत यादवको भनाई रहेको छ ।

लिष्ट सहित