१ असार, काठमाण्डौ। स्पेन र क्रोएसिया यूईएफए नेसन्स लिगको उपाधिका लागि खेल्ने भएका छन् ।
नेसन्स लिगको दोस्रो सेमिफाइनल खेलमा स्पेनले इटालीलाई २–१ गोलले हरायको छ । स्पेनका एरेमी पिनोले खेलको तेस्रो मिनेटमै गोल गरेका थिए । त्यसपछि ११औँ मिनेटमा पेनाल्टीमार्फत् इटालीका सिरो इमोबाइलले गोल गरेपछि खेलमा एक–एक गोलको बराबरी भयो ।
तर ८८औँ मिनेटमा स्पेनका जोसेलुले गोल गरेपछि इटाली २–१ गोलले पराजित भयो । क्रोएसियाले पहिलो सेमिफाइनलमा नेदरल्यान्ड्सलाई ४–२ गोलले हराएको थियो ।
अब स्पेनले उपाधिका लागि क्रोएसियासँग सोमवार खेल्नेछ ।
कोहलपुर खबर । १ असार २०८०, शुक्रबार ११:५१