ओझेलमा परेका “गोपाल गिरी”

समाजसेवाको हुटहुटीले कुटिमा बास ।

✍️ मार्सलराज सन्ज्याल
१९ जेठ, कोहलपुर 

उनि हुन कोहलपुर नगरपालिका वडा न १४ का गोपाल गिरी । बिगत लामो समय देखि राजनिति र समाजसेवामा क्रियासिल ब्यक्तिको रुपमा लागिपर्ने एक अदृष्य पात्र हुन गिरी ।

दैलेखको डाँडापराजुलमा जन्मीएका गिरी २०२७ साल तिर दैलेख बाट सुर्खेत हुँदै बर्दियाको मगरागढी बसाइसराई गरी आए । बसाई सरी आउँदा नयाँ ठाँउ नयाँ परिबेशमा घुलमिल हुन निकै समय लाग्यो उनलाई । उनि बस्ने समाजमा हुने बिकृति, कुरुतीले उनलाइ हरेक पटक समाजको पहरेदारको रुपमा उभ्यायो । समाजको विकासका लागी अहोरात्र बिना स्वार्थ सेवामा उनि लागि परिरहे । कोहलपुर खबरसंगको कुराकानीमा उनी भन्छन् मेरो एउटा तितो अनुभब छ, मलाई पहाडिया भनेर त्यहाँको स्थानियले कुवाको पानी समेत छुन दिएनन् ।

उनले आफ्ना अनुभब सुनाउदै भने अहिले मगरागढीको त दुङ्गा माटोले चिन्छ । त्यहाँको स्थानियले अन्याय अत्याचारको विरुद्धमा बोल्न नसक्दा मैले त्यसको विरुद्धमा बोले त्यस पछि मेरो राजनितिक यात्रा शुरु भयो । पाठयक्रमको किताब ल्यायर पढन लगाऐ समाजको कुरिती कुसस्कारको भण्डाफोर गरे त्यसपछि मलाई समर्थन गर्नेहरुको जमात बढ्दै गयो । २०४८ सालमा मैले नेकपा एमालेको सदस्यता लिए त्यसपछि काम गर्दै जादा गाँउमा एक मुटी चामल देउ तिमीहरुका छोरा छोरी पढन पठाउ भन्ने अभियान चलाए । ४ जना शिक्षक राखेर विद्यालय सन्चालन गरे । धैरले अबरोध सिर्जना गरे तर मेरो निर्णय समाजको हितको लागी भएकाले पछि सबैले विद्यालय बनाउन सहयोग गरे ।

उनको जिवनमा धेरै कठिनाईहरु आए तर पनि उनि भित्रको समाज प्रतिको निष्ठा कम भएन । गिरि भन्छन मलाई समाजको सेवा गर्न पाउदा कहिल्यै आत्मगलानी भएन बरु हरेक सेवामा मलाई खुसी मिल्ने गरेको छ । उनले बिं.सं. २०३६ साल देखि मालेद्धारा आफ्नो राजनैतिक यात्रा सुरु गरे । समाज सेवा गर्दै गर्दा २०४९ सालमा भएको स्थानिय चुनावमा गाविसको अध्यक्षको लागी गिरीले टिकट पाए । त्यस पछि उनि स्थानिय चुनावमा गाविसको अध्यक्ष पदमा निर्वाचित पनि भए । निर्वाचित भए पश्चात उनलाई समाजमा सेवा गर्न अझै सहज भयो । बिद्यालय, नाला, बाटो लगायत समाजका हरेक गतिबिधिमा आफुलाई उभ्याउन सफल भए गिरी । समाज सेवा गर्दै जादाँ गिरीले आफु सँग भयको बिघा जतिको सम्पत्ती सकियको थाहै पाएनन् । समाजसेवा र राजनितिकको बाटो पार गर्दा गर्दै उनि अहिले ७० वर्ष पुगे । समाजसेवा भन्ने बित्तिकै अहिले ७० वर्षको उमेरमा पनि साइकल समायर दिन भर कुद्ने गर्छन उनि ।

गिरी बिगत ११ बर्ष देखि बाँकेको कोहलपुर नगरपालीका वडा नं. १४ को एक कुटिको जग्गामा बस्दै आएका छन । उनि संगै अहिले उनको जिवनसंगिनी अमृता गिरीले उनलाई साथ दिदै आईरहेकी छन । उनको घरको भित्ता पनि धैरे नै नाजुक भईसकेको छ । कुटिको जग्गामा बस्दै आएका उनीहरु बर्खाको समय कसरी बिताउने भन्ने चिन्तामा छन । कोहलपुर खबर संगका प्रत्यक्ष कुराकानीमा गिरीको जिवनसंगिनीले भनिन् श्रीमान समाजसेवामा ब्यस्त घर ब्यबहार भतभुङ्ग भएको थाहै हुन्न । वर्षात को समयमा निकै समस्याको साथमा घर भित्रको छानोमा छाता ओढ्न पर्नैे अवस्था आएको उनले बताईन । श्रीमानको समाजसेवाको हुटहुटीलाई विस्वास गरेर जिवन बित्न थालिसक्यो अझैपनि आधी आधी पेट खाएर बस्न पर्छ भने पनि उहालाई हर बेला साथ दिन्छु भने संकल्प गरेको थिए र अन्तिम सम्म साथ दिन्छु उनले भनिन ।

गिरि भन्छन् समाजको लागी काम गर्दै जाँदा यति सम्मको ब्यस्त भईयोकी आफ्नो परिवार हेर्न पनि सकिएन । अहिले मेरो अवस्था लथालिङ्ग छ । अहिले दैनिकी कसरी चलाउनुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनले भने मेरो एउटा छोरी अपाङ्ग छ जुम्लामा त्यसैले अलि खर्च पठाइदिन्छ, अर्की छोरी प्युठानमा छ, अलि त्यसैले खर्च पठाइदिन्छ त्यसैले जिविका चलिहाल्छ । उनि भाबुक हुदै भन्छन पैसा नहँुदा भोकै बस्न कहिल्यै परेन तर आफुलाई लागेको ऋणको कारण मन पिरोल्छ । कति ऋण छ अहिले भन्न मिल्छ भन्ने प्रश्नमा उनि निशब्द भए र एक छिन पछि भने ऋणको कुरा नै नगरौ ।

समाजमा यस्ता थुप्रै प्रतिनिधि पात्रहरु छन । जस्ले आफु भन्दा माथी समाज र देशलाई सोच्छन । समग्र देशको अबस्था हेर्ने हो भने यस्ता पात्रहरु अझै पनि आझेलमा परेको देखिन्छ । निरन्तर सक्रियरुपमा लागी पर्ने एक असल देशभक्तका लागी राज्य, समाज र ब्यक्ति सबैले संरक्षण गर्न आबश्यक छ ।