आज १६औँ गणतन्त्र दिवस


जेठ १५, काठमाडौं । आज १६औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । नेपाली नागरिकको लामो बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइँदै आएको छ ।

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच दिवस मनाइएको छ ।

त्यस्तै गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा सरकारी निवास बालुवाटार परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बिउ र बेर्ना रोपेर तरकारी खेतीको शुभारम्भ गर्नुभएको छ ।

देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको दिनलाई रुपमा प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । सरकारले आज गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।