फरार सुचिमा रहेका बाँके खजुराका असलम भाट पक्राउ 

१४ जेठ कोहलपुर / बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ७ का असलमा भाटलाई लेनदेन मुद्दामा बाँके प्रहरीले पक्राउ गरेकाे छ।

प्रहरीकाे फरार सुचिमा रहेका भाटलाई बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नम्बर ७ काे उनकै घरबाट पक्राउ गरिएकाे बाँके प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला अदालत बाँकेले लेनदेन मुद्दाका आरोपित भाटलाई दुई बर्ष अगाडि दोषी  ठहर गर्दै २ बर्षकाे कैद सजाय सुनाएकाे थियो ।

भाट खजुरा गाउँपालिका वडा नम्बर ७ का  विवादित ब्यक्तिको रुपमा चिनिन्छन ।