✍️कल्पना शाही
९ जेठ, कोहलपुर । अबसर हामीलाई दिनुहोस, परिर्वतन सवैको लागी ल्याउने छौ भन्ने मुल नाराका साथ बाँके जिल्ला स्तरिय पब्लिक स्पिच (सर्वाजनिक भाषण) कार्यक्रम कोहलपुरमा सुरु भएको छ ।
कोहलपुर नगर स्तरिय युवा क्लव संञ्जाल बाँकेको आयोजना र कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा लागु औषध तथा दुब्र्यसनी न्युनिकरणमा युवाहरुको भुमीका विषयक पहिलो चरण अन्तरगतको पब्लिक स्पिच (सर्वाजनिक भाषण) कार्यक्रम आजबाट कोहलपुरमा शुरु भएको हो । कोहलपुर नगर स्तरिय युवा क्लव संञ्जाल बाँकेका अध्यक्ष रमेश वरको अध्यक्षतामा शुरु गरिएको कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एव.कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुबेदीले गरीन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुवेदीले बाँके जिल्ला पछिल्लो समय लागु औषध दुब्र्यसनीको केन्द्र विन्दुको रुपमा रहेको अवस्था छ जस्को न्युनिकरणका लागी सवै जना एक्यबद्धताका साथ लाग्न जरुरी रहेको जिकिर गरिन । युवा क्लव संञ्जालले विगत देखि नै कोहलपुर क्षेत्रमा रहेका युवाहरुका लागी गरेका यस्ता खालका कार्यक्रमले हरेक क्षेत्रमा शसक्त रुपमा अगाडि बढाउन सहज बनाएको भन्दै आगामी दिनहरुमा यसरी नै अगाडि बढ्न आग्रह गर्दै शुभकामना दिएकि थिइन ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी कोहलपुर नगरपालिकका सामाजिक विकास शाखा संयोजक ईश्वरी प्रसाद विश्वकर्माले कोहलपुर नगरपालिका मात्रै नभई छिमेकी पालिकाहरुलाई पनि सहभागि बनाई युवाहरुको क्षमता विकासमा सहयोग पुराएको भन्दै खुशि व्यक्त गरे । साथै नगरपालिकाले विभिन्न संघसंस्था संग सहकार्य गर्दै लागु औषध सम्बन्धीका कामहरु गर्दै आएको बताए ।
बाँके जिल्लामा रहेका युवाहरुलाई हरेक क्षेत्रमा शसक्त रुपमा अगाडि बढाउने उदेश्यका साथ संञ्चालन गरिएको जिल्ला स्तरिय सर्वाजनिक भाषणमा बाँके जिल्लाका विभिन्न पालिकाबाट ३७ जनाले सहभागिता जनाएका छन ।
कोहलपुर खबर । ९ जेष्ठ २०८०, मंगलवार १६:३५