११ बैशाख,कोहलपुर / चितवनमा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
उनले नेकपा एमालेका रामप्रसाद न्यौपानेले भन्दा झण्डै दोब्बर मतले अग्रता बनाएका छन्। लामिछानेले १ हजार १ सय ५५ मत प्राप्त गर्दा न्यौपानेले ६ सय ५५ मत पाएका छन्। नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत प्राप्त गरेका छन्।
इच्छाकामना गाउँपालिका १ र ३ को मतगणना सकिएको छ।
कोहलपुर खबर । ११ बैशाख २०८०, सोमबार १८:०६