कोहलपुरमा भयो भयानक घटना, ‘एकजना गम्भीर घाइते’

२२ फागुन कोहलपुर

बाँकेको कोहलपुरमा भयानक घटना भएको छ । कोहलपुर नगरपालिकाको पुरानो बसपार्क पछाडी रहेको होटेल रेडिसन नजिकै होलि खेल्दै गरिरहेका व्याक्तिहरु माथि बेलुका ५ बजे तिर केही अज्ञायत समूह बिच एक आपसमा झडप भएको थियो ।

झडप पश्च्यात एकजना व्याक्ती गम्भीर घाइते भएका छन् घाइते भएका व्यक्तिको समुहले होलिमा साथिहरु सँग रमाइलो गरिरहेको बेला अपरिचित व्यक्तिहरुको समुहले उनिहरु माथि  हातपात गरि एकजना व्याक्तीलाई गम्भीर घाइते बनाएका थिए र उनको कानबाट धेरै रगत बगेको थियो ।

घाइते भएका व्यक्तिलाई उपचारको लागि तुरुन्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको स्थानीय बासिहरुले कोहलपुर खबरलाई जानकारी दिएका हुन्।

घाइते व्यक्तिको स्वास्थ्य अवस्था ज्यादै नाजुक रहेको र उक्त व्यक्तिलाई कुटपिट गर्ने २ जना युवासहीत बुलेट बाईक लाई प्रहरीले नियन्त्रणमा लिएको  ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएका छ ।