प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं / संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउनेछन् । यस्तै सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २१२ को ९१० बमोजिम जानकारी गराउनेछन् । गत फागुन १३ गते जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको थियो ।

आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्” भन्नेप्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्ने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ ।