फागुन १६ बैतडी / जबर्जस्तीकरणी आरोपमा बैतडीको मेलौलीका ५६ वर्षीय एकजनालाई पक्राउ गरिएको छ। स्थानीय २४ वर्षीया फरक क्षमता भएकी एक महिलामाथि जबरजस्तीकरणीको आरोपमा उनलाई पक्राउ गरिएको हो।
प्रहरीले आरोपित पुरूषको नाम गोप्य राखेको छ। शनिबार ती महिलाको घरमै जबरजस्तीकरणी गरिरहेको परिवारका सदस्यले देखेपछि घटना बाहिरिएको हो। त्यसपछि पीडितका आफन्तले प्रहरीमा जबर्जस्तीकरणीमा उजुरी दिएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
आरोपित पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ। पीडित महिला आफन्तको संरक्षणमा रहेकी छन्।
कोहलपुर खबर । १६ फाल्गुन २०७९, मंगलवार १७:०७