पाँच जना युवाहरुको सक्रियतामा घैंटो डि.लाउण्ड एण्ड बार कोहलपुरमा सन्चालन 

२९ माघ कोहलपुर

बाँकेको कोहलपुरमा घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि. सन्चालनमा आएको छ । घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.कोहलपुर नगरपालिकाकी उप-प्रमुख संगिता सुबेदीले उद्घाटन गरेकी हुन् । शनिबार देखि घैंटो डि. लाउण्ड एण्ड बार सन्चालनमा आएको छ।

कोहलपुर ११ दशबिगाह पुर्बि गेट नजिकै पाँच जना युवाहरुको सक्रियतामा एक करोड बराबरको लागतमा एउटै छाना मुनि पार्टि प्यालेस सहितको हिमाली, थकाली भान्सा घर, क्याफे, स्कुनर हाउस एवंम लोक दोहरी सांझ पनि सञ्चालन हुने भएको छ।

कोहलपुर नगरपालिका भित्र ठुलो लगानिका होटेल व्यवसाय गर्नु कोहलपुरको लागि गर्वको बिषय भएको मानिन्छ । युवाहरुले पश्चिम क्षेत्रमै फरक परिकारका खानाहरु मनोरन्जनको लागि दोहोरी साँझलाई प्रथामिकतामा राखी घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि. सन्चालन गरिएको हो।

घैंटो डि. लाउण्ड एण्ड बार प्रा.लि.मा रुद्र प्रसाद खनाल संयोजक रहेको अन्य सञ्चालक सदस्यहरुमा खेमराज शर्मा, सञ्दिप बानिया, सञ्जित वली र लक्ष्मण पौडेल रहेका छन । उद्घाटनको पहिलो दिन इन्द्रेणीका छत्र शाहि र काजल जोशिले लोक दाहरी मार्फत भरपुर मनोरञ्जन दिएका हुन् ।

राष्ट्रिय लोक दोहरीमा ख्याती प्राप्त कलाकारहरुले फागुन दुई गते सम्म मनोरञ्जन दिने कार्यक्रम रहेको र नियमित रुपमा स्थानिय कलाकारहरुबाट दैनिक दोहरी सांझको आयोजना हुने सञ्चालक खेम शर्माले कोहलपुर खबरलाई जानकारी दिएको छ

आयोजित रेष्टुरेण्ट उदघाटन कार्यक्रमको सञ्चालन खेमराज शर्माले गरेका थिए ।