
हालका लागि सामान्य भवन बनाई वैठक, भेला जस्ता संस्थाको क्रियाकलाप संचालन गरिने र भावि दिनमा सुविधासम्पन्न भवनका लागि नगरपालिकासंग माग गरिने भएको छ । टोल विकास संस्थाले शिलान्यास समारोहको आयोजना गरि विधिवतरुपले भवनको सिलान्यास गरिएको संस्थाका सहसचिव संदेश गौतमले बताउनुभयो ।
संस्थाको आफ्नो भवन नहुदा बैठक, भेलाहरु सदस्यको घर वा गैरापातुको चौरमा गर्दै आएको संस्थाकी कोषाध्यक्ष संगीता मल्लले बताउनुभयो । सिलान्यास कार्यक्रमलाई संवोधन गर्दै भवन निर्माणका लागि वडाको सहयोग रहने र आफ्नै कार्यकालमा उद्घाटन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
एकपछि अर्को विकासका काम हुदै गएको रामनगर टोललाई टोलवासिको सामुहिक प्रयासबाट नमुनाटोल बनाउनसमेत शुभकामना दिनुभयो । संस्थाका अध्यक्ष खेमराज विश्वकर्माले संस्थाको महत्वपूर्ण काम मध्ये यो एउटा महत्वपूर्ण कामको सुरुवात गरेको भन्दै पूर्णता दिन सबै जुट्नु पर्ने वताउनुभयो । काम पुरा गर्न सामुहिक एकता भई जुट्न टोलबासिलाई आव्हान गर्दै विशेष सहयोगका लागि वडा कार्यालयसंग आग्रह गर्नुभयो ।
रामनगर टोललाई सामुहिक एकता र सिर्जनशिल कामहरुले नमुना वनाउन सकिने उहाँले बताउनुभयो । कार्यक्रममा गाउँका भद्रभलादमी, समाजसेवी, टोलवासी लगायतको उपस्थिति थियो ।
कोहलपुर खबर । १९ माघ २०७९, बिहीबार १३:०६