१० माघ कोहलपुर / सुदूरपश्चिमको बाजुरा जिल्ला केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २.४५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्प मापन केन्द्रका अनुसार ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो भने उक्त भूकम्पको धक्का कर्णाली प्रदेशका जिल्लाहरू,लुम्विनि प्रदेशका केही जल्लिहरुमा र छिमेकी राष्ट्र चीन र भारतमा समेत महसुस गरिएको छ।
सदरमुकाम चैनपुरमा रहेको कृषि ज्ञानकेन्द्रको भवन हाल सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको भवन भूकम्पले भत्काएको र अन्य क्षतिको विवरण भने हालसम्म नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी गराएको छ।
कोहलपुर खबर । १० माघ २०७९, मंगलवार १५:३६