नेपालगञ्ज महोत्सवमा समेटियो थारु गाउँ

  ८ माघ कोहलपुर / चौथो प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९ ले थारु समुदायमा हुने थारु समुदायले प्रयोग गर्ने थारु समुदायले आफैं बनाउने समाजलाई फरक देखाउने विभिन्न परिकारहरू सहित थारु गाउँमा थारु संग्राहलय समेत रहने गाउँको झल्को दिने एउटा थारु गाउँलाई समेटी सन्चालन हुने भएको छ।

माघ १० गतेदेखि संचालन हुने नेपालगन्ज महोत्सवमा थारु गाउँलाई पनि समेटिएको हो । थारु गाउँमा थारु समुदायको विभिन्न परिकार ढिक्री, घोघी, मुसाको चटनी, अचार, शिध्रा, सुङगुरको मासु, जाँडको झोल लगायतका बिभिन्न परिकार पाइने र थारु गाउँमा राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने सोनारी राप्ती मिडियाका संचालक हेमन्त चौधरीले जानकारी दिएका छन् ।

त्यस्तै उक्त थारु गाउँमा १५ वटा थारु स्टल रहने र थारु गाउँमा प्रवेश गर्न प्रवेश शुल्क ३० रुपैया टिकट लाग्ने आयोजक कमिटीले जनाएको छ । ।