७ माघ कोहलपुर / नेपाल विद्यार्थी संगठन बाँके जिल्ला अध्यक्षमा उपेन्द्र विष्टलाई कार्यवहाक अध्यक्ष भनी भ्रम फैलाई कार्यसमिति विस्तारप्रति घोर भत्सर्ना गरेका छन् । नेविसंघको केन्द्रिय कार्यालयले जिल्लाहरुमा १७ गते विवरण मागेको थियो सोही विवरणका आधारमा मंसिर १९ गते अध्यक्ष पदमा नियुक्ति भई जिम्मेवारी लिएका थिए ।
नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ र्शपाले मंसिर १९ गते नेविसंघ बाँकेको अध्यक्षमा उपेन्द्र बहादुर विष्टलाई नियुक्ति गरी पठाएका थियो ।
विभिन्न पक्षसंग छलफल गरी जिल्ला कार्यसमिति विस्तार गरिरहेको अवस्थामा नेविसंघ बाँकेको कार्यवहाक अध्यक्ष भनी जिल्ला कार्यसमिति विस्तार गरी भ्रम फैलाउदै गलत नियतले गरिएको कार्यप्रति घोर भत्सना गर्दैै गम्भिर ध्यानाकर्षण भएको नेपाल विद्यार्थी संगठनका अध्यक्ष विष्टको प्रेस विज्ञप्तीमा भनेका छन् ।
कोहलपुर खबर । ७ माघ २०७९, शनिबार २२:१४