बागेश्वरी क्याम्पसमा विद्यार्थी संगठनले बुझाए १० बुँदे ज्ञापनपत्र

मार्सलराज सन्ज्याल

३१ जेष्ठ,कोहलपुर। कोहलपुरमा रहेको बागेश्वरी क्याम्पसमा १० बुँदे मागसहितको ज्ञापन पत्र विद्यार्थी संगठनहरुले बुझाएका छन् ।

आज संयुक्त रुपमा ज्ञापन पत्र तयार पारि नेवि संघ बागेश्वरी क्यापस सभापति राम प्रसाद पण्डे र अखिल क्रान्तिकारीका बागेश्वरी क्यापस कमिटि अध्यक्ष दिपेन्द्र शाहीले १० बुँदे मागसहितको ज्ञापन पत्र क्याम्पस प्रमुख दान बहादुर हमाललाई बुझाएका हुन् ।

छात्रालाई शौचालयमा सेनिटेरी प्याडको व्यवस्था, पुस्तकालयको व्यवस्था, स्नातकोत्तर तहको कक्षा संचालनको समयमा पुस्तकालय खुल्ला हुनुुपर्ने, छात्रवृत्तिको सुचना, अन्तवार्ता र नतिजा समयमा प्रकाशन गर्नुपर्ने, क्याम्पसका सम्पुर्ण सुचना काक्षा कोठामै जानकारी गराउनु पर्ने, हरेक विषयको अलग अलग प्राध्यपकको व्यवस्था गुर्नपर्ने लगायतका मागहरु विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै स्ववियु निर्वाचनको वातावरण सृजना गर्नुपर्ने, कक्षाकोठामा भएका भौतिक सामाग्रीको यथाशिघ्र मर्मत गुर्नपर्ने, विषयवस्तु पुरा भएपनि अध्यपनको समय अवधिभरी अध्ययन गराउनुपर्ने लगायतका मागहरु विद्यार्थी संगठनले गरेका छन्।

मागहरु २४ घण्टामा सम्बोधन नभए अन्दोलनका कार्यक्रम अगाडी बढाउने र अन्दोलनबाट हुने क्षतिको सम्पुर्ण जिम्मा क्याम्पस प्रशासनले नै व्यर्होनुपर्ने विद्यार्थी संगठनले जनाएको छ ।