३ माघ,कोहलपुर / भारत बाट अबैध रुपमा भन्सार छली गरि ल्याईएको सामान बाके प्रहरीले बरामद गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१६ जयसपुर स्थित ईलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले अनुमानित ८० हजार बराबरको सामान बरामद गरेको हो ।
प्रहरीले चिनी १ क्विन्टल र लेडिज कुर्ता सुरवाल-९० पिस बरामद गरेको प्रहरीले जानकारी दिएको छ। सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागी भन्सार कार्यालय नेपालगन्जमा पठाईएको प्रहरीले जनाएको छ।
कोहलपुर खबर । ३ माघ २०७९, मंगलवार १६:२९