१ माघ,कोहलपुर /
कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा रहेको बालशिक्षा माध्यामिक बिद्यालयले आईतवार माघि महोत्सव सम्पन्न भएकोछ ।
”सबै वाललवालिका लाई बिद्यालय पठाऔ , शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौ” भन्ने मुल नाराका साथ वालशिक्षा मा.बि. भरैयाको आयोजना एबं कोहलपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्यवमा माघि महोत्सवको अयोजना गरिएको हो ।
बिद्यालयको स्तरोन्नतिका लागि माघी महोत्सव को आयोजना गरिएको बिधालयका प्रधानाध्यापक तर्क बहादुर खत्रीले जानकारी दिए । भरैया क्षेत्र कृषि प्रधान क्षेत्र भएको हुदा उक्त क्षेत्रलाई कृषि र पर्यटनसङ्ग जोडनका लागि पहिलो पटक माघी महोत्सव आयोजना गरिएको बिधालयका प्रधानाध्यापक खत्रीले बताए ।
माघी महोत्सवमा मुख्य आकर्षण कर्णाली दोहोरी घरको लाइभ दोहोरी प्रस्तुति , फुटवल प्रतियोगिता , शैक्षिक टिकटक निर्माण प्रतियोगिता, थारु नृत्य, बिधालयमै उत्पादन गरिएको मह च्याउ प्रदर्शन तथा बिक्रि बितरण, स्थानिय परिकार बिक्री बितरण रहेका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले महिलाहरुको आर्थिक, सामाजिक एबं राजनैतिक अधिकारका लागि आफु शंघर्षरत रहेको बताउदै सिंगो भरैयाको विकासका लागि आफु निरन्तर लागिरहने बताईन । विद्यालयले सरकारको निती अनुरुप पढदै कमाउदै कार्यक्रलाई प्रोत्साह गर्न आफुले प्रदेश सरकार समक्ष कुरा राख्ने समेत प्रतिबद्धता व्यक्त गरिन ।
महोत्सव उदघाटन समारोहमा कोहलपुर नगर कार्यपालिकाका सामाजिक विकास संयोजक ईश्वरी प्रसाद बिश्वकर्मा, वडा नं. १३ का वडाअध्यक्ष डम्मर खडका, कोहलपुर नगर कार्यपालिकाका लेखा समिती संयोजक गोमा खनाल, नगर खेलकुद विकास समितीका अध्यक्ष बुद्धि थापा, शिक्षक होमराज खडका लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष गणेश बहादुर पुनमगरको सभापतित्वमा आयोजित कार्यक्रमको सञ्चालन तपेन्द्र खनालले गरेका थिए ।
फोटो फिचर्स
कोहलपुर खबर । १ माघ २०७९, आईतवार २१:४४