एन प्याब्सनको  स्थापना दिवसमा बाल आश्रमलाई खाद्य सामाग्री वितरण 

२७ पुष कोहलपुर /  राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल ( एन प्याब्सन ) ले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा खाद्यान्न तथा स्टेसनरी सामान वितरण गरेको छ ।

बाँकेको बैजनाथ गा.पा रहेको मानवतका लागि मानव सहयोगी विकास केन्द्र सभ्यताको घर ` बाल आश्रमलाई नेशनल प्याब्सन बैजनाथ कमिटीले ५ बोरा चामल , दाल , तेल र स्टेसनरी सामान वितरण गरेको हो । कार्यक्रममा सम्बोधन गर्दै नेशनल प्याब्सन बैजनाथ कमिटीका संयोजक साथै भृकुटी ईङ्लिस मिडियमका सस्थापक कमान सिहं थापाले केन्द्रमा स्थापना दिवस सास्कृतिक रुपमा भव्य हुदैछ हामीले रमझम गरेर मनाउनु भन्दा पनि सामाजिक काम गरेर मनाउनु उचित हुने भएकोले बाल आश्रमलाई सहयोग गरेको बताउनुभयो । उनका अनुसार बालबालिकाको उच्च भविस्य स्थापनाको लागि नेशनल प्याबसन बैजनाथ कमिटीले सधै अग्रगामी भुमिका खेल्ने संयोजक थापाले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास संयोजक भुमिसरा रानाले अन्य कार्यक्रमहरु गरेर फजुल खर्च गर्नुभन्दा सामाजिक काम गर्दा राम्रो हुने र यस बाल आश्रमलाई आफ्नो तर्फबाट पनि पुर्ण सहयोग गर्ने संयोजक रानाले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै सभ्यताको घर बालआश्रमका अध्यक्ष गणेश बिष्टले आश्रमलाई सहयोग गरेको प्रती एन प्याब्सन बैजनाथ  कमिटी र एन प्याब्सन भित्र रहेका विद्यालयलाई  धन्यवाद व्यक्त गरे । उनका अनुसार आफुले संचालन गरेको बाल आश्रमलाई स्थानिय निकायले पनि सहयोगको लागि पहल गर्न जोड दिनुपर्ने अध्यक्ष बिष्टले बताएका छन ।

केही तस्बिरहरु