१५ पुष कोहलपुर /
बाँकेकोबैजनाथ गाउँपालिका भित्र रहेका विभिन्न वडाहरुमा सि.बि.एम ग्लोबल र डेक नेपालको साझेदारीमा समुदायमा आधारित समावेशी बिकास र Futuremakers (P00148) को परियोजना अन्तर्गत बैजनाथ गाउँपालिकामा अनुगमन गरिएको छ ।
गाउँपालिका भित्र रहेकाे बैजनाथ प्रथामिक स्वास्थ्य केन्द्र वनकटुवामा परियोजना अन्तर्गत अपाङ्गतामैत्री शौचालय, खानेपानी धारा र रेलिङ्गसहितको र्याप निर्माणको अनुगमन गरिएको हो ।
त्यस्तै बैजनाथ गाउँपालिका वडा नं. ७ पेडारीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र चिसापानीमा रहेको सुर्योदय माध्यमिक बिद्यालयमा बिधार्थीहरुको लागि पहुँच युक्त बनाउन अपाङ्गतामैत्री शौचालय दृष्टिविहिनहरुको लागि बनाएको टेक टायल र खानेपानीको अवस्थाबारे बैजानाथ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र यस परियोजना अन्तर्गत खटिएको टोलिले बिहिबार अनुगमन गरेका छन् ।
वडा नं. ७ मा रहेको जानकी ग्रामीण उत्थान कृषि सहकारी संस्थालाई अपाङ्गमैत्री भवन बनाउन परियोजनाबाट अपाङ्गमैत्री शौचालय र र्यापको निर्माणमा सहयोगबारे स्थलगत अवस्थाको अनुगमन गर्दै अपाङ्ग समितिको सामुहिक छलफल गरि समस्या र उनिहरूको मागसमेत अनुगमन टोलिले सुनुवाई गरेको हो। उक्त संस्थाले अपाङ्ग भएका व्यक्तिहरूको लागी ६ प्रतिशतमा ऋण लगानी गरिरहेको स्रोतले अनुगमन टोलिलाई बताएको थियो ।
अनुगमन तथा मुल्याङ्कनमा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहि, उपाध्यक्ष निर्मला रोकाय, लक्ष्मी रोकाया, विश्व राज ढकाल, भोजेन्द्र बस्नेत, सामाजिक विकास शाखा संयोजक भुमिसरा राना, डेक नेपाल बाँकेका इन्द्र बहादुर थकाली, देवकुमारी वली, पारस बि.क, मनिषा डि.सी, राम बहादुर चौधरी, लक्ष्मी ज्ञवाली, मान बहादुर थापा, रमेश बि.क लगाएतको उपस्थिति रहेको थियो।
फोटो फिचर
कोहलपुर खबर । १५ पुष २०७९, शुक्रबार १९:००