चाेरी तथा अबैध काराेबारमा संलग्न ७ जना सार्वजनिक

मंसिर २९, काेहलपर । ईलाका प्रहरी कार्यालय कोहलपुरले चोरीमा संलग्न ७ जना अभियुक्तहरु बिहिबार सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा आयाेजित पत्रकार सम्मेलन गरी प्रहरीले चोरीको धनमाल सहित पक्राउ परेका ४ जना, बहुमुल्य बुद्धको मुर्तिसहित पक्राउ परेका २ जना र चोरी गरि लिएको मोटरसाईल सहित १ जनालाई सार्वजनिक गरेको हो ।

गत मंसिर २२ गते कोहलपुर नगरपालिका वडा नं. २ बिकासनगरमा स्थानियको घर फोडि नगद, सुनचादिका गरगहना, ल्यापटप, मोबाईल चोरीगरी गरी फरार रहेका ध्रुवसिंह ठकुरी, नबिन बि.क. सहित दुई नाबालकलाई पक्राउ गरि चोरी मुद्धा दर्ता गरि आबश्यक थप अनुसन्धान सुरू डिएसपी मल्लले जानकारी दिए ।

त्यसैगरी मंसिर २४ गते बाँकेको राप्तिसोनारी गाँउपालिका वडा नं. २ अगैयाबाट बहुमुल्य बुद्धको मुर्ति सहित पक्राउ परेका पाँचथरका झर्मेन्द्र प्रसाद रेग्मि र गोरखाका देव बहादुर मग्रातीलाई सार्वजनिक गरीएकाे हाे । ६ केजि ४२० ग्रामकाे एक थान बुद्धको मुर्तिकाे अवैध काराेबार गरीरहेकाे आशंकामा पकराउ परेका दुबै जनालाई प्राचिन स्मारक सम्बन्धि कसुरमा मुद्धा दर्ता गरि कारबाहिकालागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले दुई जनालाई चोरीको मोटरसाईकल सहित पक्राउ गरेको पनि जनाएको छ । कोहलपुर १२ चप्परगौरीका झलक बहादुर श्रेष्ठको भे७ प ११९३ को होण्डा साईन मोटरसाईकल सहित कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहिले कोहलपुर ११ एकतानगरका यज्ञराज सेजवालाई मोटरसाईकलको नम्बर परिवर्तन गरि भे ५ प ६५१७ बनाई बिक्रि समेत गरि अकेको अबस्थामा दुबै जनालाई पक्राउ गरेको जनाएको छ । कोहलपुर १२ चप्परगौरीका अम्मर बहादुर शाहि पटक पटक मोटरसाईकल चोरी गरि पक्राउ परीसकेका ब्यक्ति भएको कोहलपुर इलाका प्रहरी कार्यालयका डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए ।