‘लैङ्गिक हिंसाको अवस्था र समाधान बारे वक्तृत्वकला कार्यक्रम सम्पन्न 

वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गरियो कार्यक्रम

२० मंसिर काेहलपुर / मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाको अवस्था र समाधान बारे वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दान बहादुर हमालले यस्ता किसिमका कार्यक्रमले विद्यार्थीको चौतर्फी विकास हुने जिकिर गरे । लैङगिक हिंसा पुरुष तथा महिला दुवै भएको र यसले समाजमा निकै समस्या ल्याएको औल्याए ।

उनलेे आजको समाजमा विभिन्न किसिमको बहानामा लैङगिक हिंसा, घरेलु हिंसा , सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका क्षेत्रमा विभिन्न बहनामा हिंसा भएकोले यसलाई सबै सरोकारवालाहरुबाट अन्त्य गरिनु पर्ने कुरामा जोड दिएका थिए ।

त्यस्तै कार्यक्रममा स्नातक तथा स्नातकोत्तर तह गरी १९ जना विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा अस्मिता वलि, देवि काफ्ले, शान्ती सुनार र दुर्गा बुढा क्रमश प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका हुन् ।उनिहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा पुर्व क्याम्पस प्रमुख खगराज पन्त, रमेश चन्द्र अधिकारी निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा विभागी प्रमुखहरु पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, स्वास्थ विभागका विभागीय प्रमुख ज्ञानेन्द्र शाही, नेपाली विभागका खोपिराम वलि, अभ्यास शिक्षण विभागका प्रमोद सुवेदी, प्राध्यापकहरु पुस्क्नाथ रिजाल, जेन्ट्ल गौतम प्राध्यापक संघका सभापति राज कुमार चन्द र प्रशासकिय अधिकृत वेदराज लम्साल लगायत विद्यार्थी संघ संगठनका नेताहरूको उपस्थित रहेको थियो ।