कोहलपुर : प्रदेश सभा-१ (ख) मा नेपाली काँग्रेसका उम्मेदवार फुलाराम थारुको अग्रता कायमै रहेको छ । जारी मत गणना अनुसार फुलारामले ११७४ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा एमालेका दुर्गाप्रसाद चौधरीले ८३१ मत ल्याएका छन् । फुलाराम र दुर्गाबीच ३४३ मतको अन्तर रहेको छ । यसैगरी नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले २६३ मत प्राप्त गरेका छन् । उक्त प्रदेश सभा क्षेत्रमा कुल ६५ हजार २ सय ५५ मतदाता रहेका छन् ।
कोहलपुर खबर । ८ मंसिर २०७९, बिहीबार २३:३४