बाँके–३ (क) बाट नेकपा (एमाले) का रत्न खत्री विजयी भएका छन् ।
उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्वराज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।
उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन्। नेकपा (माओवादी केन्द्र) का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाएका छन् । रत्न खत्री नेकपा (एमाले) बाँकेका सचिव समेत हुन ।
कोहलपुर खबर । ७ मंसिर २०७९, बुधबार १३:१२