घरदैलो कार्यक्रममा तीव्रता दिँदै: फुलाराम थारु

२५ कार्तिक कोहलपुर / बाँके क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारु घरदैलो कार्यक्रममा तीव्रता दिँदै ।

कोहलपुर नगरपालिका वडा नं.४ बेलनपुरमा एक बिशेष कार्यक्रम गरि प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश्वर जंग गहतराज (अथक) र प्रदेश सभा सदस्य उम्मेदवार फुलाराम थारुलाई आगामी मंसिर ४ मा अत्याधिक बहुमतले बिजय गराउने उद्देश्यले यहाँ नेता तथा कार्यकर्ताले महत्वपूर्ण भूमिकाका साथ घरदैलो कार्यक्रम गरिरहेको निर्वाचन परिचालन समितिका वडा संयोजक दिलदार वली वेढुवा र सह संयोजक महेन्द्र थापाले जानकारी दिएका छन्।

जनताको हित र अधिकारको लागि काम गर्ने उम्मेदवारका रुपमा फुलाराम थारुलाई पाएकोमा खुसी व्यक्त गर्दै आगामी मंसिर चारको निर्वाचनमा हामिले भारी मतका साथ गठबन्धनकाे सम्पुर्ण टिमलाई बिजय गराउने विस्वास दिलाएका छन्।

अहिले घरदैलो कार्यक्रम भईरहेको छ !