राप्तिसोनारी र नरैनापुरलाई नयाँ शहरका रूपमा विकास गर्छौ : अथक

"राप्तीसोनारी र नरैनापुरलाई मुलधारमा ल्यायौ अब विकासको धारमा लैजान्छौ"

 १६ कात्तिक , बैजापुर / युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विकट क्षेत्र भनेर चिनिने राप्ती सोनारी र नरैनापुरलाई मुलधारमा ल्याएको दावी गर्दै अब विकासको धारमा ल्याउने बताएका छन ।

बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री अथकले बुधबार राप्तीसोनारी गाउँपालिका वडा नं. ४ मा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त अगुवा नेता कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ठुलो संघर्षबाट राप्तिसोनारी र नरैनापुरमा बत्ती र सडक ल्याएको भन्दै अब ठुला उद्योग कलकारखाना खोल्ने योजना रहेको बताए ।

एकृकित बस्तिको अवधारणा लागुु गरी नरैनापुर र राप्तिसोनारीलाई नयाँ शहरका रूपमा विकास गर्ने अभियानको नेतृत्व गर्न फेरी एक पटक चुनावि मैदानमा होमिएको बताउँदै अथकले क्षेत्र नं. १ का मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउने विश्वास ब्यक्त गरे ।

राप्ती सोनारी र नरैनापुर ठुलो पर्यटकिय क्षेत्र तथा कृषिको पकेट क्षेत्र भएकोले विकासको सम्वाहकका रुपमा आफुले विकास गर्ने मन्त्री अथकले दावी गरे । खयर भट्टी, बाँसखोली लगायतका गाउँमा विद्युत विस्तारको लागी टेण्डर भइसकेको भन्दै यहाँको जनताको भारतीय बजार नजीक र सुलभको लागी अगैया लटनिया हुँदै नरैनापुर जोड्ने सडकको काम समेत अगाडी बढेको उनले जानकारी दिए । अहिलेसम्म सबैसँग मिलेर काम गरेकै कारण विकास सम्भव भएको भन्दै उनले आगामी दिनमा समेत सबै पक्षसँग मिलेर विकासको अभियान संचालन गरीने बताए ।


राजनीतिक धुव्रिकरण अन्त्य गर्दै स्थायी सरकाबाट दिगो विकास सम्भव भएकोले गठबनधनको आवश्यकता भएको उनले प्रष्ट्याए । संविधान र लोकतन्त्रको रक्षाका लागी अहिले गठबन्धन हो भन्ने कुरा बुझेर सबैले बाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न मन्त्री अथकले आग्रह गरे । राप्तीसोनारी ४ मा दिगो गठबन्धनको आवाज उठेकोमा खुशि व्यक्त गर्दै मन्त्री अथकले आफुहरुले पनि त्यहि चाहेको भन्दै गठबन्धनको निरन्तरताले देश समृद्ध हुने विश्वास व्यक्त गरे ।

बाँके क्षेत्र नं. १ प्रदेश ९क० का साझा उम्मेदवार कृष्णा के।सी (नमुना) ले विकास र समृद्धिका लागी भोट हाल्न सबैलाई आग्रह गरिन । कार्यक्रममा समानुपातिक उम्मेदवार संगिता थारु, नेपाली काँग्रेसका राप्ती सोनारी गाउँपालिका सभापती भिम राना, माओवादी केन्द्रका पालिका अध्यक्ष चिम बहादुर घर्ती बाँके क्षेत्र नं। १ का प्रदेश ९क० संयोजक पट्टु थारु लगायतले माओवादी र नेपाली काँग्रेस एक हुँदै हँसिया हथौडामा मत हाल्नमा जोड दिएका थिए ।