गएराति कोहलपुरको एक फेन्सी पसलमा चोरी

१३ कार्तिक कोहलपुर। कोहलपुर साझाचाेककाे एक फेन्सी पसलमा गएराती चाेरी भएकाे छ । स्थानिय बिरेन्द्र रावतले सञ्चालन गरेकाे बिरेन्द्र फेन्सी पसलकाे पछाडीकाे ढाेका फाेडेर डकैत गर्ने समुहले करिब २ लाख बराबरकाे फेन्सी सामान डकैत गरेकाे पसल सञ्चालक रावतले बताए ।

डकैत समुहले पसलमा रहेका लत्ता कपडाहरू र नगद चाेरी गरेकाे पसल सञ्चालककाे भनाई छ । पसलकाे बस्तुस्थिती बारे जानकार व्यक्ति वा समुहले याेजना बनाएर डकैत गरेकाे आशंका पसल सञ्चालककाे छ । प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक आवश्यक अनुसन्धान शुरू गरेर अनुसन्धान अगाडि बढाएकाे बताईएकाे छ ।

चाड पर्वकाे बेला काेहलपुर नगर क्षेत्रमा श्रृङ्खलाबद्ध चाेरीका घटनाहरू बढिरहेकाे अवस्थामा प्रहरीले निगरानी बढाउनुपर्ने व्यवसायीहरूले माग गरेका छन् । याे घटनापछि साझा चाेक क्षेत्रका अन्य व्यवसायीहरू त्रसित बनेकाे बताउँदै व्यवसायिक सुरक्षा र शान्ति सुरक्षा मजबुद बनाउन प्रहरी प्रशासनसँग माग गरेका छन् ।