५ कात्तिक कोहलपुर । धन त्रयोदशी तथा यमपञ्चक आरम्भको दिन हो । अर्थात् यमराजलाई बत्तीदान गर्ने र कुवेरको पूजा गर्ने दिन हो । आजको दिन हामीले आफ्नो घरको बाहिरपट्टि दक्षिणपट्टि फर्काएर नयाँ माटोको पालामा यमराजलाई दियो अर्पण गरी यमपञ्चक अथवा तिहारको विधिपूर्वक सुरुवात र स्वागत गरिन्छ । यो विधिले अकाल मृत्यु हुनबाट हामीलाई जोगाउँछ भन्ने मान्यता र विश्वास रहेको छ ।
आजैको दिन धन त्रयोदशी अर्थात् धनतेरस पनि परेको हुनाले यस दिन आफ्नो गच्छेअनुसार आवश्यक सामान, नयाँ भाँडावर्तन वा बहुमूल्य धातु किन्ने प्रचलन छ यस दिन कुबेरको पूजा गरिन्छ । प्रस्तुत छ, यम दीपदान र धनतेरसको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधानका सम्बन्धमा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभएको हो ।
कोहलपुर खबर । ५ कार्तिक २०७९, शनिबार ०७:१३