अन्ततः खालि भए कोहलपुर बसपार्कका घर टहराहरु

   १ कार्तिक कोहलपुर / कोहलपुर नगरपालिकाको बस पार्कमा अनाधिकृत रुपमा रहेका पसलहरु अन्तत खालि भएका छन् । कोहलपुर नगरपालिकाले गत भाद्र १३ गते न्यूराेडमा रहेका २ वटा टहराहरू भत्काएकाे थियाे तर बसपार्कमा रहेका घर टहराहरु हटाउन असफल भएकाे थियाे ।

मंगलबार बिहान कोहलपुर नगरपालिकाको सयुक्त टोलिले बसपार्कमा रहेका टहराहरु हटाउन डोजर लिएर जाँदा नगरपालिकाका मेयर पूर्ण प्रसाद आर्चाय र उपमेयर संगित सुवेदी र नगर प्रहरीको टोलिले स्थानिय बासिन्दाको घेराबन्दीमा परेका छन् । उक्त ठाउमा रहेका टहराहरुको बस पार्क समिती मार्फत नगर विकास लाई भाडा दिने गरेको छ तर कानुन बिपरित नगर विकासको भुमिकमा बनेका घर टहराहरु हटाउने भएको छ ।

नक्सा पास नभएका नगरपालिकाको मातहतमा रहेको नगरविकास समितीको उक्त जग्गा बर्षौ देखी विभिन्न ब्यक्तिहरुले अनाधिकृत रुपमा घर टहरा बनाएर बस पार्कमा पसल तथा बसोवास गर्दै आएका हुन् ।

कोहलपुर नगरपालिकाले अनाधिकृत रुपमा रहेका संरचना हटाउन सर्वदलिय बैंठक समेत बसालेको थियो । बस पार्क समिती, स्थानिय बासिन्दा र नगर विकास समिती वीच छलफल भई असोज ३० गते सम्म समय दिइएको र घरटहरा समयमै खालि नभएपछी मंगलबार बिहानै डोजर लिएर कोहलपुर बस पार्कमा मेयर पुर्ण प्रसाद आचार्य सहितको टोलि त्यहाँ पुगेको थियो ।

बस पार्कमा रहेको बस समितीले स्थानिय प्रशासनलाई एक पत्र लेख्दै तिहार नजिकै आएको र आसन्न निर्वाचत पछी मंसिर १० गते कोहलपुर बसपार्कको समस्या स्थायी रुपमा समाधानका लागी पहल गर्न र त्यसमा आफुहरुको तर्फबाट पनि पूर्ण सहयोग रहने भन्दै पत्र नै लेखेर अनुरोध गरिसकेका हुन् ।

बसपार्कमा रहेका टहराहरु ८०% जति खालि भईसकेको र समान्य तनाब उत्पन्न भए पनि उग्र रुप हुन नसकेको कोहलपुर प्रहरिले जनाएको छ ।