२७ भदौ कोहलपुर / जिल्ला प्रहरी कार्यलय बाँकेले चेक अनादर (बाउन्स) मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउपालिका ४ बस्ने ३५ वर्षका खेमराज खत्री रहेका छन । उनलाई जिल्ला अदालत बाँकेको मिति २०७९भदौ ३१ गतेको फैसलाले चेक अनादर मुद्दामा १ बर्ष कैद सजाय तोकिएको थियो ।
फैसला पछि खत्री हालसम्म फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले बिहिबार (आज) पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।
कोहलपुर खबर । २७ आश्विन २०७९, बिहीबार २१:०८