कोहलपुर । असोज ४ गते गोठाटारमा भएको गोली प्रहारबाट मारिएका लाल महम्मद ९दर्जी०को हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
वीरगंजबाट पक्राउ गरेर ल्याइएका एक महिलासहित तीन जनालाई शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।
प्रहरीले सार्वजनिक गरेकामा २१ वर्षीया सुनिता स्याङतान ९सुमि०, १९ वर्षीय रोहन मिया र २१ वर्षीय मनोहर मिया रहेका छन्। मनोहर वीरगंजको पर्सा महानगरपालिकाका हुन्। मनोहर र रोहनले हतियार व्यवस्थापन गरेका थिए। साथै पक्राउ परेकी युवती सुनिताले घटनास्थलको रेकी गरेकी अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईले जानकारी दिए।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका—८ स्थित गोठाटारमा असोज ४ गते सर्लाही गोडैटा नगरपालिका—२ घर भएका ५८ वर्षीय लाल महम्मदको गोली हानेर हत्या गरिएको थियो। तर, उनीहरु घटनामा सहयोगीको भूमिकामा मात्र भएको खुलेको छ। पक्राउ परेका दुई जना युवकले भारतीय नागरिकले दिएको हतियार वीरगंजबाट काठमाडौं ल्याएका थिए। र, उनीहरुले हतियार भारतीय सुटरलाई दिएको खुलेको छ।
घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन्। पक्राउ परेका तीन जना सहयोगीको जानकारीको आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।
(Ujyaalo Nepal)
कोहलपुर खबर । १५ आश्विन २०७९, शनिबार ०७:४०