११ असोज कोहलपुर – द राईजिङ्ग युथ क्लबले दोस्रो अन्तर वडा फुटबल कप–२०७९ संचालन गरेको छ । हिन्दुहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा “स्वस्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुलनाराका साथ मंगगलबार दोस्रो अन्तर वडा स्तरीय फुटबल कप संचालन भएको हो । घटस्थापनाका दिनदेखि सुरु हुने भनिएको फुटबल कप प्रतिकूल मौसमका कारण आज उदघाटन गरिएको हो ।
वडा नं. ८ को सहयोग र विन्दावासीनी युवा क्लबको सहकार्यमा द राईजिङ्ग युथ क्लबले आयोजना गरेको खेलको उद्घाटन शत्र मा प्रमुख अथिति कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर राना र विशिष्ट अथिती नगर खेलकुद विकास समिति संयोजक बुद्धि थापा मगरले खेलका मुख्य रेफ्री अमृत के.सी.लाई संयुक्त रुपमा बल हस्तान्तरण गरि खेल उद्घाटन गरिएको थियो ।
कोहलपुर नगरपालिका वडा नं. ८ पिपरीको खेल मैदानमा संचालित अन्तर वडा कप फुटबल प्रतियोगिताको आजको उद्घाटन खेलमा वडा नं ८ विजयी भएको छ । वडा नं. ८ ले वडा नं ९ लाई २-१ गोलले हराउदै विजयी भएको हो ।
खेल सुरु भएको ९ औं मिनेटमा वडा नं. ९ का इशान घर्ती मगर ले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा वडा नं. ८ का खेलाडी तेज बहादुर सुनारले पेनाल्टी सुटआउटमा गोल गर्दै टिमलाई १–१ को बराबरीमा ल्याएका थिए ।
यसैगरी वडा नं. ८ का खेलाडी भरत वि.क.ले दोश्रो हाफको १४ औं मिनेटमा गोल गर्दा २–१ गोलको अन्तरले वडा नं. ८ विजयी भएको हो । अर्को दोस्रो खेल असोज १२ गते विहान ६ बजे वडा नं. २ र वडा नं। ११ विच हुने क्लबका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिए । कोहलपुरमा विभिन्न खेल विधामा प्रतिभा बोकेका खेलाडीहरुका खेल प्रतिभाको प्रस्फुटन गर्न र राष्ट्रिय स्तरसम्म पुर्याउन, युवाहरुलाई खेल प्रति जागरुक बनाउने वातावरण निर्माणमा समन्वयकारी भूमिकानिर्वाह गरी यस क्लबले कुलतबाट जोगाउन सकारात्मक गतिविधिहरुमा संलग्नयुवाहरुलाई खेलकामाध्यमद्धारा मार्गनिर्देशन गर्ने लक्ष्यबोकेर सञ्चालन गरिएको वडा स्तरीय फुटबल कप असोज १८ गते सम्म चल्ने छ ।
कोहलपुर खबर । ११ आश्विन २०७९, मंगलवार २१:२९