केकेएम/एनआरटी खुल्ला टेबलटेनिस प्रतियोगिताको स्वर्ण बिजेता हिमाल र वियन्का

  ७ असोज काठमाडौं/ काठमाडौं आयोजक खेल मण्डल र न्युरोड टिमका हिमाल विष्ट र एपीएफकी वियन्का राईले केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण पदक जितेका छन् । उनीहरू यू–१९ जुनियर सिंगल्समा विजेता भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा ब्वाइज फाइनलतर्फ हिमालले कान्तिपुर भ्याली पिङपोङ क्लबका विशाल गोलेलाई ११–६, ७–११, ११–६, ११–७ को सेटमा हराए हुन्। आयोजकका धनन्जय दाहाल र एपीएफका रुविन महर्जन तेस्रो भए थिए।

गल्र्स फाइनलमा वियन्काले मोर्डन कलेजकी दिया देउलालाई १२–१०, ८–११, ११–७, ११–८ को सेटमा हराएकी हुन् । आर्मीकी सुस्मिता खड्का र केकेएमकी अन्जु सुवालले कांस्य जितेका थिए ।