३१ भाद्र, कोहलपुर/ केही महिना अगाडी स्थगित भएको प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको एकाई कार्यसमितिको भेला आज सम्पन्न भएको छ ।
भेलाले सभापतिमा बागेश्वरी बहुमुखी क्याम्पसम प्राध्यापनरत एकराज शर्मा लाई सर्वसम्मत चयन गरेको छ । सचिवमा गोपिलाल शर्मा, सदस्यमा मीन बहादुर के सि, गणेश पौडेल र बाल कुमार शर्मा चयन भएको सचिव गोपिलाल शर्माले जानकारी दिए ।
प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको चौथो अधिवेशन केही समयका लागि स्थगित भएको थियो । आज बसेको प्रजातन्त्रवादी प्राध्यापक संघको भेलाले नयाँ कार्यसमिति लाई पुर्णता दिएको हो ।
कोहलपुर खबर । ३१ भाद्र २०७९, शुक्रबार १९:५२