टुँडिखेलमा धुमधामका साथ मनाइयो गौरा पर्व (फोटो फिचर)

१८ भाद्र काठमाडौँ / सुदूरपश्चिमको मौलिक पर्वका रुपमा मनाउदै आएको र मौलिक पहिचान झल्काउने गौरा पर्व काठमाडौंको टुँडिखेलमा धुमधामका साथ मनाइएको छ । भाद्र शुक्लपक्ष अथार्त पञ्चमीदेखि सुरु हुने यो पर्वको आज मुख्य दिन हो ।

गौरा पर्वले प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ ।

शिव र गौरा देवीको प्रेम तथा विवाहको सम्झनामा महिला र पुरुष मिलेर यो पर्वमा बिशेष गरी डेउडा खेल्ने चलन रहेको छ। काठमाडौं उपत्यकामा भने सुदूरपश्चिमेलीहरूले टुँडिखेलमा देउडा खेलखेली गौरा पर्व मनाएका छन्।