कृष्णनगरमा जनमत पार्टीको मनोज कुमार ओझा विधायक पदमा उम्मीदवारी कपिलवस्तु ३ ,ख बाट

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजोत /

१३ भाद्र कपिलवस्तु / जनमत पार्टीको विधायक पदका प्रत्यासी मनोज कुमार ओझा” क्षेत्रको चौतर्फी विकास गर्न सक्ने योजना आफुसंग भएको भन्दै पार्टिले जिम्मेवारी दिए पुरा गर्ने समेत बताएका छन । जनताको हरेक क्षणमा साथ दिन सक्ने र क्षेत्र नं ३ ख लाई समृद्ध बनाउने आफ्ना चाहना रहेको ओझाको भनाई रहेको छ, यसका लागी युवाहरुको सहभागीता अनिवार्य भएकोले आफ्नो उम्मेद्वारी रहेको प्रष्ट पारेका छन् । आफ्नो पार्टी देश बिकासमा सधै जोड दिइरहेको ले आफ्नो जित हुने निश्चित रहेको ओझाले बताएका छ्न ।

मनोज कुमार ओझा असल छबी तथा जनता माझमा लोकप्रिय हुदै जनताको सुख दुखमा साथ दिँदै आएका छन् । जनताको चाहना र इच्छा अनुसार नै आफु प्रदेश सभामा उठ्ने उनले बताए । स्थानीय जनताको भनाइ अनुसार जनमत पार्टीले टिकट दिनुपर्ने मागसमेत गरिरहेका छन् ।

जनमत पार्टीको लागि निरन्तर वर्षदेखि काम गर्दै राजनीतिक क्षेत्रमा सक्रिय हुँदै आएका छन् ।