९ चैत, कोहलपुर । बाँके प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बाँके जानकी गायँपालिका ५ बुडिया गाउँबाट ३९ ग्राम ६० मिली ग्राम ब्राउन सुगर सहित स्थानीय ६६ वर्षिय रम्मन खानलाई पक्राउ गरेको हो ।
बुडियागाउँमा लागु औषधको कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध ब्यूरो नेपालगंज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा रम्मन खानको साथबाट शुद्ध तोल ३९ ग्राम ६० मिली ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
खानबाट नगद रु। ४२ हजार ६५० र भे ६ प ३३०७ नम्बर को १५० सी।सी। को पल्सर मोटरसाईकल बरामद भएको बाँके प्रहरीका सुचना अधिकारी यामबहादुर मल्लेले जानकारी दिए ।
कोहलपुर खबर । ८ चैत्र २०८१, शनिबार २२:२५