कोहलपुर । आठौं अन्तर मावि मेयर कप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता—२०८१ को च्याम्पीयन कृष्ण मावि बनेको छ । प्रतियोगितामा कृष्ण माविले १५ स्वर्ण, १० रजत र ५ कास्य प्राप्त गरी च्याम्पीयन बन्न सफल भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्रीले संयुक्त रुपमा च्याम्पीयन बनेको कृष्ण माविलाई शिल्ड हस्तान्तरण गर्दै नगद ७५ हजार सहित मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए । यस्तै गोर्खा यूनाइटेड माविले ८ स्वर्ण, ७ रजत र ८ कास्य प्राप्त गरी द्धितीय हुन सफल भएको हो । द्धितीय हुनेलाई ६५ हजार नगद सहित मेडल र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
यस्तै त्रिभूवन माविले ७ स्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरी तृतीय हुन सफल भएको छ । तृतिय हुनेलाई ५५ हजार नगद सहित मेडल र प्रमाण पत्र हस्तान्तरण गरेको थियो । यस्तै आवितर्फ ग्रिन पिस माविले उपाधि उचालेको छ । २ स्वर्ण ४ रजत प्राप्त गरी उपाधिसंगै नगद २५ हजार नगद सहित शिल्ड र मेडल समेत प्राप्त गरेको छ । यस्तै साइनिङ्ग स्टार माविले आवितर्फ द्धितीय हुन सफल भएको छ । २ स्वर्ण ल्याएर द्धितीय हुन सफल भएको हो । द्धितीय हुनेलाई नगद १५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
यस्तै जनज्योति पब्लिक हाइ स्कुलले आवितर्फ तृतीय हुन सफल भएको छ । १ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरी तृतीय हुन सफल भएको हो । तृतीय हुनेलाई नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडिको रुपमा कृष्ण मा वि कि छात्रा सुबेरा मल्ललाई नगद ५१००० रूपैया सहित पुरस्कार हस्तान्तरण गरिएको थियो ।
यस्तै प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका ९सामुदायिक र निजी० ५३ विद्यालयका २ हजार १ सय ६७ जना खेलाडी ९छात्रछात्रा० हरुले प्रतियोगितामा सहभागि भएका थिए भने छात्र १ हजार ३ सय ७ जना र छात्रा ८ सय ६० जना सहभागि भएका थिए । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिका प्रमुख आचार्यले कोहलपुरलाई खेलकुद हवको रुपमा विकास गर्ने बताए । ‘खेलकुदका क्षेत्रमा गरेको लगानीको प्रतिफल आज कृष्ण माविले देखाएको छ,’ उनले भने, ‘यसलाई निरन्तर दिनु नैै चूनौति हो ।’ कोहलपुर नगरपालिकामा हरेक विद्यालयमा ग्रसरुटबाट खेलकुदका गतिविधिहरु सञ्चालन गर्ने योजना सहित अगाडी बढेको उनको भनाई थियो ।
हरेक क्षेत्रमा विद्यार्थीहरुलाई अब्बल र सबल बनाउन अभिभावक, शिक्षक र विद्यार्थी स्वयम् हुने भएकोले त्रिकोणात्मक रुपमा एकढिक्का भएर लाग्न सबैमा आग्रह गरे । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप’ ले जसरी कोहलपुरको पहिचान बनाउँछ त्यसैगरी कोहलपुरको खेलकुदको पनि पहिचान बनाउन कलिला बालबालिकाहरुलाई अवसर दिनुपर्नेमा उनको भनाई थियो । यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कोहलपुरलाई क्रिकेटको माध्यमबाट पहिचान बनाउनुपर्नेमा जोड दिएकी थिइन् । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान नै कोहलपुरमा हुँदा क्रिकेटमार्फत पनि पहिचान बनाउन सफल हुन ग्रासरुटबाट नै तालिमको आवश्यक रहेको सुवेदीको भनाई थियो ।
यस्तै कोहलपुर नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले खेलकुद सम्पन्न गर्नुहुने सबै प्रशिक्षक, मुल आयोजक समिति रहनुभएका सम्पूर्ण टिम, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, खेलकुदप्रेमी लगायत सम्पूर्ण खेल शिक्षक र विद्यार्थीहरुलाई कृतज्ञता व्यक्त गरेका थिए । आगामी खेलकुदका गतिविधिहरुमा सबैका साथ, सहयोग र सल्लाह दिनुहुने सबैमा धन्यवाद दिँदै आगामी दिनहरुमा अझै थप हौसला र उर्जा थपिने उनको भनाई थियो ।
कोहलपुर खबर । २१ माघ २०८१, सोमबार ११:१४