१४ साउन काठमान्डौ /अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहेका ओलिले बताएका छन्। राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारूढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले अस्वीकार गर्नुपर्ने तर्क समेत गरेका थिए।
उक्त कार्यक्रममा आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा आधारित भएर अघि बढ्ने आफ्नो पार्टीको अडान समेत रहेको बताए । समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे हुन्न ।
अध्यक्ष ओलीले भने, ‘इन्टरनेशनल छानबिन गरौं। यो देश विरूद्धको अपराध हो। देशको अर्थतन्त्र माथिको गम्भीर अपराध हो। जनताले राजस्व तिर्नुपर्छ। उद्योग, व्यवसाय यहाँ चलाउनुपर्नेछ। व्यवसायीको घाँटी निमोठिएको छ। केही औद्योगिक घराना पोस्नका लागि देशको उद्योग र अर्थतन्त्रलाई जानीजानी धराशायी पार्ने अपराध गरिएको छ। मामुली कुरा हो योरु आइन्दा सच्याउला भन्ने कुरासम्म पनि छैन। यो विषयलाई गम्भीरताका साथ लिइएन। गल्ती भयो भन्ने सम्म पनि छैन। अनि गल्ती नै भएको छैन रु प्रमाणित भएन रे। ७ जनाले प्रमाणित हुनै दिएनन । अनि ७ जना आफू राखेर बहुमत र अल्पमतको फैसला गर्नुप्र्ने समेत बताएका छन् ।
कोहलपुर खबर । १४ श्रावण २०७९, शनिबार २०:५५